नियम ४२
प्रतिवेदन दिनु पर्ने
(१) निर्वाचन अधिकृतले निर्वाचनको परिणाम प्रकाशन गरी सकेपछि देहाय बमोजिमको विवरण समावेश भएको प्रतिवेदन तयार गरी मुख्य निर्वाचन अधिकृतसमक्ष पेश गर्नु पर्नेछ ः-
(क) मतदाताको सङ्ख्या,
(ख) उम्मेदवारको विवरण,
(ग) खसेको कुल मत,
(घ) बदर मत,
(ङ) प्रत्येक उम्मेदवार तथा दलले प्राप्त गरेको मत,
(च) निर्वाचित उम्मेदवारको विवरण,
(छ) निर्वाचनमा खटिएका कर्मचारीको विवरण,
(ज) निर्वाचनमा भएको खर्चको विवरण,
(झ) आयोगले तोकेको अन्य विवरण ।
(२) उपनियम (१) बमोजिम जिल्लाभित्रका सबै निर्वाचन क्षेत्रबाट प्रतिवेदन प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृतले सोही आधारमा प्रतिवेदन तयार गरी आयोगमा तुरुन्त पठाउनु पर्नेछ ।